ओखलढुङ्गा ह्याङ्ला तामाङ समाजको ल्होछार रौनकतामा सकियो (फोटो/भिडियो)

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
798 Shares

चारैतिर हरियाली । हरियाली जङ्गलभित्र गुञ्जायमान हुन्छ‚ बडेमानका साउन्ड सिस्टममा विभिन्न भाकाका गीतहरू । त्यसैमा रमझम गरिरहेका हुन्छन्‚ सामुदायिक पहिरनमा सजिएका नारी र पुरुषहरू ।

शनिवार यसै त भीडले रङ्गिन्छन्‚ त्यो जङ्गल । वरिपरि सहरले घेरिएका राष्ट्रिय सहिद पार्क गोकर्णको जङ्गलमा पिकनिक लगायत विभिन्न सांस्कृतिक कार्यक्रमले त्यो जङ्गल आवाजको दुनियाँमा झुमिरहेका हुन्छ । फागुन ५ गतेको शनिवार अरू बारहरूको भन्दा फरक थियो । तामाङ समुदायको पर्व २८६० सोनाम ल्होछार डुक ल्हो को अवसरमा ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाद्वारा आयोजित सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमले गुञ्जायमान थियो । डम्फुको भाकामा ओखलढुङ्गा मौलिक तालमा नाचिएको ती उमेरले कपाल फुलेका बाजेको तालले दर्शकलाई तानिरहेका थिए । यस्तै गायक आरबि सिङ्दानको गीतमा ओखलढुङ्गाका युवाको प्रस्तुतिले पुस्तान्तरणको आभास दिलाएका थिए ।

ओखलढुङ्गाको तामाङ पहिचान झल्किने भेषाभुषा र डम्फु नाचले त्यो हल गुञ्जायमान भयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडालाई आयोजकले पहिरिदिएको तामाङ गोइलोले तामाङको छोरो जस्तै देखिएको थियो ।

यस्तै कार्यक्रममा उपस्थित अतिथि कोशी प्रदेशका सांसद बाबुराम गौतम‚ बागमती प्रदेशका सांसद छिरिङदोर्जे तामाङ‚ गोकर्णेश्वर नगरप्रमुख दिपक रिसाल लगायतलाई आयोजकले गरिएको तामाङ पहिरन गोइलोको स्वागत न्यानो थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खतिवडाले हामीले बनाएको संविधान सबै जातको लागि उपयुक्त निर्माण गरेको बताएका थिए । उनले ल्होछारले एकता र मेलमिलापको सन्देश दिन सफल भएको बताएका थिए ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका सांसद गौतमले बुद्ध धर्म नेपालको माटोमा जन्मिएकोले यसलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए । उनले भनिएको छ‚‘राज्यले धर्म मान्ने होइन‚ जनताले मान्ने हो । त्यसो त बुद्ध धर्मको पहिचान र ल्होछारलाई प्रोत्साहन गर्नुपर्छ ।’

आयोजक संस्थाका अध्यक्ष अशोक सिङ्दानले ओखलढुङ्गाका काठमाडौँ बसोबास गरिरहेका नयाँ पुस्ताले भाषा बिर्सँदै गएको अवस्थामा ल्होछार कार्यक्रम आपसी मेलमिलाप र भाषा‚ संस्कृतिको बारेमा जानकारी दिनका लागि यो कार्यक्रम गरिएको बताए । ‘अहिले सबै सहरीय भइसक्यो’‚ उनको भनाइ थियो‚ ‘आफ्नो भाषा‚ धर्म‚ भेषभुषा र संस्कृति प्रचार र संरक्षण संवर्द्धनका लागि पनि ल्होछार कार्यक्रम गरिएको हो ।’

साङ्गीतिक माहौलले तातिएको त्यो रौनकता करिब साँझसम्म रहिरह्यो ।

“ल्हो”को अर्थ साल, संवत् वा वर्ष हो र “छार”को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ “नयाँ वर्ष” हो । तामाङहरू ल्हो लाई वर्ग पनि भन्दछन् । ल्हो बाह्र वटा हुन्छन् अर्थात् यसलाई ‘ल्होखोर च्युङी’ भनिन्छ । विभिन्न पशुपक्षीको नामबाट “ल्हो”को नाम राखिएको हुन्छ । बाह्र “ल्हो”मध्ये प्रत्येक वर्ष एक–एक वटा “ल्हो” फेरिन्छ । यही “ल्हो” फेरिने दिनलाई तामाङ भाषामा “ल्होछार” भनिन्छ । यो पर्व तामाङहरूले आफ्नो धार्मिक एवं सांस्कृतिक परम्परा अनुसार लगातार १५ दिनसम्म नै मनाउँदछन् ।

संसारभर खास गरेर मङ्गोल मूलका देशहरूमा यस दिनदेखि “ल्होछार” पर्व वडा हर्षेाल्लासकासाथ धूमधामले मनाइन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका