क्रोएसियाको इलोकमा एनआरएनए गठन, अध्यक्षमा गोमा राना मगर 

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
637 Shares
इलोक, क्रोएसिया

गैर आवासीय नेपाली समाज (एनआरएनए) क्रोएसियाको इलोक समिति गठन भएको छ । इलोक समितिको अध्यक्षमा गोमा थापा राना मगर चयन भएकी छिन् । उनी एनआरएनए क्रोएसियाको इलोक भेलाले अध्यक्ष चयन गरेकी हुन् ।

आइतबार इलोकस्थित बसेको क्रोएसिया एनआरएनएको भेलाले अध्यक्ष गोमासँगै सचिवमा सनम लामालाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरु क्रमशः मेनुका गौतम, सृजना दराई, निलिम ता, सज्जा योन्जन, इन्दिरा खत्र, रेनुका थापा मगर, रिता कुमारी महतो, मनमाया  कुमारी मोक्तान, लक्ष्मी बल, भगवती दर्जी र रिता भुसाल रहेका छन् ।

कार्यक्रममा एनआरएनए क्रोएसियाका बरिस्ठ उपाध्यक्ष सुनिल बमले बधाई दिएका थिए । उपाध्यक्ष बमले क्रोएसिया भर एनआरएनलाई फैलाउन समिति गठनलाई तीब्रता दिएको बताए । उनका अनुसार यसअघि क्रोएसियाका विभिन्न ठाउँमा एनआरएनएले समिति गठन गरिसकेका छन् ।

त्यस्तै कार्यक्रममा एनआरएनए क्रोएसियाका उपाध्यक्ष रञ्जना चौहान, महिला उप-संयोजक शीला चापागाईं, सदस्य तिलक भट्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नवगठित इलोक एनआरएनएकी अध्यक्ष गोमाले एनआरएनएको मुल मन्त्र `नेपालीका लागी नेपाली´ भन्ने नारालाई आत्मसात गरि संस्थाको हितमा रहेर काम गर्ने प्रतिबद्धता गरिन् । उनले आफुलाई अध्यक्ष जस्तो जिम्मेवारी दिएकोमा क्रोएसिया एनआरएनए र उपस्थित सबैलाई धन्यवाद दिइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका