ओखलढुङ्गा-काठमाडौँ तामाङ सेवा समाजले शुभकामना तथा वनभोज गरी मनाए ल्होछार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
315 Shares
काठमाडौं‌

ओखलढुङ्गा काठमाडौँ तामाङ सेवा समाजले २८६० सोनाम ल्होछार डुक ल्हो भव्यतासाथ मनाएको छ ।

सोमबार काठमाडौँस्थित राष्ट्रिय सहिद पार्क जगडोलमा ल्होछारको अवसरमा वनभोज कार्यक्रम गरी मनाएका हुन् ।

ओखलढुङ्गाबाट काठमाडौँ आइ बसोबास गरिरहेका तामाङहरूलाई एकतामा बाँध्न ल्होछारको अवसरमा शुभकामना आदानप्रदान र वनभोज कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले शुभकामना दिँदै यो देशमा तामाङलाई राज्यबाटै विभेद रहेको बताए । ‘दशै आउँदा एक महिनादेखि दशैको गीत गुन्जिन्छ‚ गीतहरू बन्छन्‚ धुनहरू बन्छन्‚ कागको‚ कुकुरको‚ गाईको गीत बन्छ‚ हामीलाई नतमस्तक बनाउँछ तर ल्होछारको बेला सुनसान हुन्छ‚ बिदा कटौती हुन्छ । ल्होछारमा ४–५ छुट्टी भएको भए‚ यहाँ नयाँ पुस्ताका लागि यो बुझ्ने अवसर हुनेथ्यो । । विभेद यही हो‚ उनले भने ।

खिजिदेम्बा गाउँपालिकाका सबै विद्यालयमा शैक्षिक सत्रदेखि तामाङ भाषाको कक्षा सञ्चालन गरिने उनले बताए ।

यस्तै सुनकोशी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष गोबिन्द  तामाङले आउँदो वर्षदेखि संस्थागत भित्ते पात्रो निकालेर त्यसमा संस्थाका गतिविधिहरू संलग्न गर्नुपर्ने बताए । उनले ल्होछार चन्द्र पात्रोअनुसार मनाउने भएकाले यो तिथिअनुसार फेरबदल हुने बताए ।

यस्तै कार्यक्रममा शेर्पा सङ्घका महासचिव‚ नेपाल ताम्बा सङ्घका अध्यक्ष धावावाङ्गेल मोक्तान लगायतले शुभकामना दिएका थिए ।

ओखलढुङ्गाका सम्पूर्ण तामाङहरू एकताको सन्देश जाओस् भनी शुभकामना र वनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिर्घमान तामाङले बताए । उनले एकताको सन्देश र आपसी सदभाव रहोस् भनी संस्थाले वार्षिक जस्तो कार्यक्रम गर्दै आइरहेको बताए ।

कार्यक्रममा गायक एवं सङ्गीतकार जीवन बमजन, ताम्बा संघ लगायत स्थानीय कलाकारहरूको प्रस्तुतिले माहौलले मनोरन्जयमय बनाएको थियो ।

कार्यक्रममा संस्थालाई अगाडि बढाउन विभिन्न तवरले सहयोग गर्ने सबैलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै आजिवन नयाँ सदस्यहरुलाई सदस्यता प्रमाणपत्र पनि प्रदान गरेका थिए ।

कार्यक्रममा ओखलढुङ्गाका तामाङ र गैर तामाङ लगायत सम्पूर्णलाई उपस्थित रहेको थियो । औपचारिक कार्यक्रमलाई समाजका सहसचिव सुवास घिसिङले सञ्चालन गरेका थिए ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0

तपाईको प्रतिक्रिया