डा. लोहनी सम्मानित

काठमाडाैं

कान्तिभैरव उत्तरगया क्षेत्र व्यवस्थापन समिति गोकर्णले शनिवार एक कार्यका विच रापपा (संयुक्त) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीलाई सम्मान गरेके छ ।

सम्मानित भए पछि डा. लोहनीले धार्मिक तथा पौराणिक महत्व वोकेको स्थानहरुलार्इ विकास गरी तीनका महत्व वुझाउन सके धार्मिक पर्यटकवाट नै नेपालले उपलव्धि हासिल गर्दै मुलुकले समृद्दि पाउने वताए ।

उनले थपे गोकर्णेश्वर सम्म आइपुग्ने वौद्द, जोरपाटी, सुन्दरीजल सडकखन्ड यथाशिघ्र मर्मत गर्न सम्वन्धित पक्षले ध्यान दिनु जरूरी छ ।

कार्यक्रम कान्तिभैरव गुरुकुल विध्यालयका अध्यक्ष डा ऋिषिराम पोखरेलको अध्यक्षतामा भएको थियो ।

अतिथिहरू मन्दिर सुधार समितिका अध्यक्ष भैरव श्रेष्ठ, व्यवस्थापन समितिका सदस्य श्रीचन केसी, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठ, राप्रपा (संयुक्त) का केस मणिराज तामाङ, केन्द्रीय संचार समितिका सदस्य जनकराज पाठक लगायत ले मन्तव्य राखेका थिए ।

कार्यक्रममा उक्त समितिले स्थापना गरेको अक्षय क‍ोषमा डा. लोहनीले १ लाख सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका