नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा खुल्ला रक्तदान गरेका हुन् ।
प्रजातन्त्र दिवसको अवसरका कालिका हिमालय क्याम्पसमा भएको खुल्ला रक्तदान कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्य, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्याल, नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाल स्वयंसेवी रक्तदाता रसुवाका सचिव हेमनाथ खतिवडा, उपाध्यक्ष रामशरण गजुरेललगायत स्थानीय तहका वडाध्यक्ष तथा जनप्रतिनिधिहरू सहभागी रही उनीहरूले समेत रक्तदान गरेका थिए ।
प्रमुख अतिथि कालिका गाउँपालिका हरिकृष्ण देवकोटा र विशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले ब्लड ब्याग हस्तान्तरण गरेको थियो।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । सहभागीहरूले रक्तदान कार्यक्रम अनुकरणीय काम भएको र आगामी दिनमा निरन्तरता दिन तथा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।