आगलागीमा परेका शैलुङका बाख्रा फार्म संचालक तामाङलाई आर्थिक सहयोग  

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
609 Shares
शैलुङ गाउँपालिका-१, दोलखा

आगलागीमा परेका दोलखाको शैलुङ गाउँपालिका-१, दुधपोखरी आलाङनाबामा रहेका बाख्रा फार्मका संचालक साङ बहादुर तामाङले आर्थिक सहयोग पाएको छ । संचालक  तामाङले दूधपोखरी आधारभूत विद्यालयका शिक्षक जनक मोक्तान मार्फत आर्थिक सहयग पाएको हो ।

दर्मछेका युवा टोलीद्वारा संकलित आर्थिक सहयोग शिक्षक मोक्तानले सोमबार पीडितकै घरमा पुगेर हस्तान्तरण गरेको थियो । सहयोग हस्तान्तरणमा पुर्व महिला वडा सदस्य उर्जोम तामाङ, स्थानीय बुद्धिजीवीहरु, असलमना तामाङ, गगन तामाङ, चन्द्रबहादुर तामाङ, जंगविर तामाङ लगायत अन्य समाजसेवीको उपस्थिति रहेका थिए ।

बाख्रा फार्मका संचालक तामाङले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ` दुखको बेला देश तथा विदेशबाट सहयोग गर्नुहुने तपाईहरुलाई मैले दिन सक्ने भनेको आशीर्वाद र शुभकामना हो ´उनले भने ।

आर्थिक सहयोग अमेरिका, युरोप, साउदी, इराक, मलेसिया लगायत नेपालमा रहेकाहरुबाट संकलित भएका हुन् । यसअघि स्थानीय समुहहरुले सहयोग गरिका थिए ।

गत मङ्गलवार साँझ लालीगुराँस बाख्रा फर्ममा आगलागी हुँदा ४९ वटा बाख्रा‚ बोका र पाठा जलेर मरेका थिए । फार्ममा ५४ वटा बाख्राहरू थिए । प्रहरीका भनाइ अनुसार फार्ममा आगलागी हुँदा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सहयोगदाताको नामावली :

थप यो पनि

दुधपोखरीको एक बाख्रा फार्ममा आगलागी हुँदा चार दर्जनभन्दा बढी बाख्रा जल्यो, करिब १३ लाखको क्षति‚ सहयोग गर्न अपिल

तपाईको प्रतिक्रिया