बाह्रविसेमा सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
119 Shares
सिन्धुपाल्चोक

बाह्रबिसे नगर मूल ल्होछार आयोजक समितिले यही फागुन १२ गते सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। नगरपालिकाको आर्थिक सहयोगमा गरिने उक्त कार्यक्रममा युवा पुस्ताका चर्चित गायक छेवाङ लामाको भव्य साङ्गीतिक प्रस्तुति रहनेछन्। साथमा चर्चित गायक प्रकाश तितुङ, प्रीतम गोले, लमु शेर्पा, ॐ वाइबा र बलाराम ढकाल लगायतले मनोरञ्जन दिलाउनेछन्।

कार्यक्रम नगरप्रमुख बालकृष्ण बस्नेतको सभापतित्व हुनेछ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता, विशेष अतिथिका रूपमा बागमती प्रदेश बन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारी, नगर उपप्रमुख मञ्जु तामाङ, त्रीपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहोरा र भोटेकोसी गा।पा। अध्यक्ष पासाङनोर्पु शेर्पा उपस्थित हुने कार्यक्रम संयोजक छिरिङ योञ्जनले बताए ।

साथै कार्यक्रम संयोजककै रूपमा रहेका पूर्व वडा अध्यक्ष एवं युवा नेता सानु लामाले सोनाम ल्होछारको अवसरमा स्थानीयस्तरका मौलिक भाकाहरू, बोन्बो नाचलाई समेत प्राथमिकतामा राख्ने बताए । उनले सबै ल्होछार प्रेमी जनसमुदायमा कार्यक्रममा अनिवार्य उपस्थित हुन पनि निमन्त्रणा दिएको छ।

तपाईको प्रतिक्रिया