किराँत राई सोसाइटी पोर्चुगलबाट क्यान्सर रोगीलाई सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
लिस्बन

किराँत राई सोसाइटी पोर्चुगलले क्यान्सर पीडित १५ वर्षीया ज्योति राईको उपचारका लागि आर्थिक सहयोग गरेको छ । भर्ला बोटे इलाम घर भएकी उनी हाल भक्तपुर क्यान्सर अस्पतालमा जिब्रोको अर्बुदरोगको उपचारत छिन् ।

सानो सहयोगले गर्दा कसैको ज्यान बचाउन सकिन्छ भन्ने उद्देश्यले ६५ हजार रुपैयाँ भक्तपुर क्यान्सर अस्पतालमा पुगेर गायक शम्भु राई र प्राबन राईले पीडितकी आमालाई सहयोग रकम हस्तान्तरण गरे ।

पीडित राईको आर्थिक स्थिति निकै कमजोर भएको र उपचारका लागि निकै कठिनाइ भएको जानकारी आएलगत्तै पोर्चुगलमा रहेका सहयोगी मनसँंग आह्वान गरी सङ्कलित रकम पीडित उपचारका लागि पठाइएको सोसाइटीका अध्यक्ष राजकुमार राईले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका