सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म हेडक्वार्टर धुन्चेले मनाए १७ औँ स्थापना दिवस

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
322 Shares
धुन्चे, रसुवा

सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म हेडक्वार्टर धुन्चेको १७ औँ स्थापना दिवस तथा वार्षिकोत्सव फागुन ११ गते विविध कार्यक्रम गरी मनाएको छ ।

मजकुर सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले स्थापना दिवस तथा वार्षिकोत्सवको शुभकामना दिएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा रही प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुराउने महानुभावहरूलाई सम्मान र दिवसलाई लक्षित गरी गुल्मभित्रका कर्मचारीहरूबाट सरसफाइ दौड तथा खेलकुद कार्यक्रममा जित हासिल गरेकाहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

२०६३ साल फागुन ११ गते सदरमुकाम धुन्चेमा अस्थायी सीमा सुरक्षा पोस्ट खडा गरी बसेर २०७० साल असार ७ गतेदेखि सीमा सुरक्षा गुल्म रसुवा स्थापना भई कार्य गर्दै आइरहेको अवस्थामा २०७५ साल माघ २० गते देखि सशस्त्र प्रहरी हेडक्वार्टर रसुवाको रूपमा स्थापित रहेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरे,उपप्रमुख विजय लामा, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी, सशस्त्र प्रहरी बल नेपाल १९ नम्बर गुल्म हेडक्वार्टर नुवाकोट का गुल्म पति जगन्नाथ खडका, राष्ट्रिय अनुसन्धान कार्यालय रसुवाका प्रमुख मोहन आचार्य, विष्णु दल गणका निमित्त गणपति सेनानी विक्रम बस्नेत लगायत का सरकारी कार्यालय का प्रमुख, नागरिक समाज,महिला सञ्जाल, सञ्चारकर्मीहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका