कार्यसम्पादन मूल्याङ्कनमा कालिका गाउँपालिका प्रथम

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
84 Shares
धुन्चे, रसुवा

रसुवा जिल्लाको कालिका गाउँपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले वित्तीय समानिकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ ।

कार्यसम्पादन मूल्याङ्कन नतिजामा २६.९६ अङ्क प्राप्त गर्दै कालिका गाउँपालिका प्रथम भएको हो । यस्तै, २१.५२ अङ्कका साथ उत्तरगया गाउँपालिका द्वितीय र २१.२३ अङ्क प्राप्त गर्दै गोसाईंकुण्ड गाउँपालिका तृतीय भएको छ ।

आयोगले प्रकाशित गरेको नतिजाअनुसार जिल्लाका पाँच स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर नौकुण्ड गाउँपालिका भएको छ । नौकुण्ड ले १३ अङ्क मात्र प्राप्त गरेको छ ।

यसै गरी, आमाछोदिङगो गाउँपालिका ले २०.२३ अङ्क ल्याई चौथो भएको छ ।

कार्यसम्पादन मूल्याङ्कनमा बजेट विनियोजनदेखि कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन गर्ने गरिन्छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०र८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा सबै तहको सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो ।

नगर तथा गाउँ कार्यपालिकाले असार १० गतेभित्र आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको अनुमान सम्बन्धित नगर तथा गाउँ सभामा पेस गरे/नगरेको आदि विषयमा मूल्याङ्कन गरेको जनाएको छ ।

त्यस्तै, राजस्व र व्ययको अनुमान असार मसान्तसम्ममा सम्बन्धित नगर तथा गाउँ सभाबाट पारित गरे/गरेको, स्थानीय तहले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने रकम प्रदेश सञ्चित कोषमा जम्मा गरेरनगरेको जस्ता सूचक बनाएर मूल्याङ्कन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका