रसुवामा मारुनी नाच प्रतियोगिता हुने, प्रथमलाई २५ हजार

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
119 Shares
धुन्चे, रसुवा

रसुवाको कालिकास्थानमा जिल्ला मै पहिलो पटक बागमती प्रदेश स्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ ।

कालिका गाउँपालिका वडा नम्बर २ स्याउवारिमा रहेको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको आयोजनामा सञ्चालन हुनेछ । फागुन २६ गते क्षेत्रीयस्तरको मारुनी नाच प्रतियोगिता हुने बताइएको छ।

मौलिक बाजागाजा तथा लोकसंस्कृतिलाई जगेर्ना गरी परम्परागत रूपको आस्थाको संस्कृतिलाई जीवन्त राख्न जिल्लामा पहिलो पटक मारुनी नृत्य प्रतियोगिता राखिएको रेडियो लाङटाङले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यस्तै पुराना संस्कृतिहरूको जर्गेना गरी भावी पुस्ताहरूले पनि सिक्न वुझ्न सक्ने यस्तो कार्यक्रम गरेकोमा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले आभार व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका