तामाङ समाज युएईद्वारा सङ्घसंस्था र सञ्चार संस्थालाई सम्मान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
203 Shares
काठमाडौं‌

तामाङ समाज युएईद्वारा सङ्घसंस्था र सञ्चार संस्थाहरूलाई सम्मान गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नेपाल तामाङ घेदुङको ग्रेन दिम (भवन) खरिद सहयोगार्थ युएईमा सम्पन्न भएको ल्होछारलाई सफलता बनाउन सहयोग गरेबापत उनीहरूलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको हो ।

तामाङ समाज युएईका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक वीर बहादुर वाइबाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलले विभिन्न सङ्घसंस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो । अध्यक्ष गोलेले विदेशमा रहेर पनि तामाङ समाजको हरेक क्षेत्रमा तामाङ समाज युएईले महत्त्वपूर्ण सहयोग गर्दै आएको बताए । आर्थिक तथा सामाजिक रूपमा पनि युएईले गरेको योगदानको कदर गर्दै अध्यक्ष गोले मतभेद हुँदा संस्था भित्रै छलफल गरेर अघि बढ्न आग्रह गरेका थिए ।

केन्द्रीय उपाध्यक्ष वाइबाले संस्थाको कार्यक्रम सफलताको लागि विभिन्न क्षेत्रको सहयोग महत्त्वपूर्ण हुने बताउँदै आभार प्रकट गरे ।

यस्तै तामाङ पत्रकार सङ्घका महासचिव तीर्थमान बलले समाजले गरेको हरेक गतिविधिको सञ्चार क्षेत्रले समाचार सम्प्रेषण गर्दै आएको र आउने दिनमा पनि सहयोग रहने प्रतिबद्धता जनाए ।

तामाङ समाज युएईमा सम्पन्न भएको कार्यक्रममा सहयोग गर्ने मिडिया र विभिन्न व्यक्तिको उपस्थिति हुन नसकेको हुँदा नेपालमा सम्मान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको मिडिया पार्टनर ग्लोबल मल्टिमिडिया, सैलुङ अनलाइन, तामाङ पत्रकार सङ्घका महासचिव तीर्थमान बल, एनटिभीका तामाङ भाषाका संवाददाता वीर मान तामाङ लगायतलाई सम्मान गरिएको छ ।

यस्तै तामाङ समाज युएई नेपाल सम्पर्क समितिका अध्यक्ष निशान तामाङ, समितिका सदस्यहरू मनिता पाख्रिन लिम्बू, बोइमा तामाङ ,सन्जिता मोक्तान लामा, ज्ञान बहादुर तामाङ, माया दोङ तामाङ, ज्ञान बहादुर योन्जन, पदम बहादुर योन्जन, राज वाइबा, अञ्जुली लोप्चन र प्रेम बहादुर बोम्जन सम्मानित भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया