साउदी अरेबियाको जेलमा रहेका ७ जनालाई मृत्युदण्ड दिएको छ । उनीहरूले आतंकवाद सम्बन्धित अपराध गरेका कारण मृत्युदण्ड दिएको हो । साउदी आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै आधिकारिक प्रेस एजेन्सीका अनुसार आतंकवादी संगठन र संस्थाहरू सिर्जना गर्ने र आतंकलाई आर्थिक सहयोग गरेकोमा दोषी पाइएपछि मृत्युदण्डको दिएका हुन् ।
साउदी सरकारले मंगलबार मृत्यदण्ड दिएकाहरुको राष्ट्रियता भने अझै खुलाएको छैन् । एजेन्सीका अनुसार उनीहरूले आतंकवादी दृष्टिकोण अपनाए, जसले मानिसहरूलाई रक्तपात मच्चाउनका लागि उक्साउने काम गरेका थिए । यसबाहेक आतंकवादी संगठन र संस्थाहरूको स्थापना, आर्थिक सहयोग र सञ्चारले सामाजिक सुरक्षा र स्थिरतामा बाधा पुर्याउने कार्य गरेपछि उनीहरू मृत्युदण्ड दिनुपर्ने भएको स्पष्टीकरण दिइएको छ ।
अन्तराष्ट्रिय मानवअधिकार संस्थाहरूका अनुसार साउदी विश्वमै सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो । पछिल्लोपटक साउदीले सन् २०२३ मा १७०, सन् २०२२ मा १४७, सन् २०१९ मा १८७ जनालाई मृत्यु दिएको थियो । मानव अधिकारकर्मीहरूले भने यसरी मृत्युदण्ड दिएकोमा साउदी सरकारको आलोचना गर्दै आइरहेका छन् ।
एम्नेस्टी इन्टरनेशनलका अनुसार साउदीले २०२२ मा चीन र इरान बाहेक अन्य कुनै पनि देशको तुलनामा बढी मृत्युदण्ड दिएको थियो ।