वाफ च्याम्पियनसिपमा नेपाललाई १ गोलको अग्रता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
133 Shares
जेद्दा, साउदी अरेबिया

साउदीको जेद्दामा भइरहेको वाफ महिला च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलमा नेपालले १ गोलको अग्रता लिएको छ । नेपालले जोर्डनसँग १-० को अग्रता बनाएको हो । अहिले खेल जारी छ ।

खेलको २९ औं मिनेटमा नेपालकी सविता राना मगरले गरेको जोर्ड्नविरुद्ध गोल गरेकी थिइन् । उनले जोर्डनको रक्षा कबजलाई तोड्दै गोल गरेकी हुन् । प्रशिक्षक राजेन्द्र तामाङका अनुसार सावित्री भण्डारी, अनिता बस्नेत र अनिता केसी आआफ्ना क्लबले फर्केपछि मगरसहित अन्य दुई जनालाई उतारेका हुन् ।

जोर्डन र नेपाल वाफ च्याम्पियनसिप २०२४, का अपराजित टोली हुन् । वाफका साविक विजेता समेत जोर्डन ५ पटक च्याम्पियन भैसकेको छ । नेपाल भने वाफमा पहिलोपटक सहभागी भएको टोली हो ।

तपाईको प्रतिक्रिया