उत्तरगयाको १५ औँ गाउँ सभा सम्पन्न

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
140 Shares
धुन्चे, रसुवा

उतरगया गाउँपालिकाको चालु आर्थिक वर्ष ०८०/८१ को १५ औँ गाउँ सभा सम्पन्न भएको छ ।

गाउँ सभाले हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १५ औँ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न गराएको हो ।

गाउँ सभामा आ.वं. २०८०/८१ को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण तथा चालु आर्थिक वर्ष ०८०/८१ को अहिलेसम्मको प्रगति विवरण राजस्व परामर्श तथा न्यायिक समितिको प्रतिवेदन गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले प्रस्तुत गरिएकी थिइन् ।

प्रस्तुत गरेको प्रतिवेदन तथा विधेयकमा सुझाव राख्न गाउँ सभाका सदस्यहरूलाई ३ मिनेटको समय उपलब्ध गराएर सबैको सर्वसम्मत रूपमा संशोधनहरू पारित गर्दै अधिवेशन सम्पन्न भएको हो ।

सभाले कार्यपालिकाले गरेका सम्पूर्ण निर्णयहरू, आर्थिक वर्ष २०८०र०८१ को हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २००/०८१ मा कार्यपालिका बैठकले पारित गरेको, आर्थिक विनियोजन ऐन २०८०, सर्वसम्मति रूपमा सभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद अधिकारीले बताए ।

गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, ५ वटै वडाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, गाउँपालिकामा कार्यरत कर्मचारीहरू, पत्रकार लगायतको सहभागिता रहेको थियो । सभाका अध्यक्षले अधिवेशन अन्त्य भएको पत्र सुनाएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया