अर्याल साउदी पर्यटन दूतमा नियुक्त 

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
91 Shares
दमाम, साउदी अरब

राजेन्द्र अर्याल (जोन) साउदी अरेबियाका लागि नेपाली पर्यटन सद्भावना दूतमा नियुक्त भएको छ । अर्याल नेपाल सरकारको फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट सो पदमा नियुक्त गरिएको स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्याललाई फागुन १७ गते विज्ञप्ति जारी गरेर सद्भावना दूत नियुक्त गरेको हो । उनलाई सद्भावना दूत निर्देशिका पहिलो संसोधित दफा ३ उपदफा १ बमोजिम सो पदमा नियुक्त गरिएको मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।

नवनियुक्त पर्यटन दूत अर्याल एनआरएनए मध्यपूर्वका संयोजकसमेत हुन् । नियुक्तिपछि अर्यालले साउदी अरेबियामा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्धनमा सक्दो योगदान गर्ने बताए । उनले विभिन्न सामाजिक, आर्थिक, नैतिक सहयोग गरेका कारण सरकारले जिम्मेवारी दिएको हुन् ।

तपाईको प्रतिक्रिया