भत्कियो गठबन्धन, एमालेसहितको नयाँ सरकार बनाउने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं‌

सत्ता गठबन्धन भत्काएर नयाँ गठबन्धनका सरकार बनाउन नेताहरू छलफलमा जुटिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको बैठक बसिरहेको छ । आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरिरहेका छन् ।

माओवादीको पदाधिकारी बैठक अहिले चलिरहेको छ । पदाधिकारी बैठकले सरकारमा नयाँ मन्त्रीहरू पठाउने औपचारिक निर्णय गर्दै छ । रास्वपा र जसपा पनि सरकारमा सहभागी हुनेछन् । दुवै दलका पनि बैठक चलिरहेका छन् ।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ । बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका