प्रधानमन्त्रीले तामाङ समुदायलाई दिएको वचन पूरा गर्दै, माओवादीबाट हितबहादुर तामाङ मन्त्री बन्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
126 Shares
काठमाडौं‌

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टुँडिखेलमा आयोजित २८६० सोनाम ल्होछार डुक ल्हो लाई सम्बोधन गर्ने क्रममा तामाङ समुदायको एक जनालाई मन्त्री बनाउने वचन पूरा गर्ने भएका छन् । नयाँ गठबन्धनको सरकारमा माओवादीले नुवाकोट–१ बाट हितबहादुर तामाङलाई मन्त्री बनाउने भएको छ ।

तामाङलाई मन्त्री बनाउन लागिएको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

यस्तै नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट डीपी अर्याल मन्त्री बनाउने तयारी गरिएको छ ।

काँग्रेससँगको गठबन्धन तोडिएसँगै माओवादी, एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धन बनेको हो ।

गिरी यसअघि स्वास्थ्य मन्त्री र अर्याल श्रम मन्त्री थिए । तामाङ २०६६ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

आज दिउँसो साढे २ बजे नयाँ सत्ता समीकरणको पुन: बैठक बोलाइएको छ । उक्त बैठकमा गठबन्धनमा मन्त्रालय बाँडफाँटलगायत विषयमा लिखित सहमति गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया