भूमि अधिकार मञ्चले बुझायो ज्ञापन पत्र

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
105 Shares
धुन्चे, रसुवा

गुठी तथा बिर्ता पीडित किसानको माग सम्बोधन गर्दै रसुवा जिल्ला भुमिअधिकार मञ्चले फागुन २२ गते ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष कुरा राखिदिनुहुन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको हो ।

पुस्त पुस्तादेखि भोग चलन गर्दै आएको जमिन आफ्नो नाममा हुनुपर्ने माग, किसानहरू रहेको र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले फागुन १७ गते आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै मन्त्रालयको तर्फबाट वार्ता समिति गठन गरेको जानकारी प्राप्त भयसँगै किसानको सम्बोधनका लागि प्रधानमन्त्रीले सकारात्मक कदम चालि दिनुहुनका लागि जोडदार माग राखेका छन् ।

भूमि अधिकार मञ्चका अध्यक्ष भवानीप्रसाद न्यौपानेले रसुवाको आमाछोदिङमो गाउँपालिकामा किसानले जोत भोग गर्दै आएका जग्गा स्वयभ्भु ध्याङ गुठीको नाममा अझै रहेको बताए ।

ज्ञापन पत्रमा लेखिएको छ, ‘जग्गा किसानकै हो तर पछि कसरी गुठीको नाममा गयो यस्तै समस्या मा रुमलिरहेको किसान को माग गर्दै आएको जग्गा किसान कै नाम मा दर्ता गरिदिन पहल गरी दिन प्रधानमन्त्री समक्ष अनुरोध गरिएको छ ।’

तपाईको प्रतिक्रिया