गायक चन्द्रकुमार दोङलाई मातृशोक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
336 Shares
काठमाडौं‌

नेपाल तामाङ कलाकार सङ्घको संस्थापक अध्यक्ष एवं वरिष्ठ गायक एवं सङ्गीतकार चन्द्रकुमार दोङलाई मातृशोक परेको छ ।

गायक दोङको आमा साइली तामाङको ९३ वर्षमा आज निधन भएकी हुन् । स्व. तामाङ तेमाल गाउँपालिका–९ मुक्पामा निधन भएकी हुन् ।

दोङको मातृ शोकमा तामाङ चलचित्र सङ्घले शोक वक्तव्य जारी गरेका छन् ।

सङ्घले लेखिएको छ, ‘तामाङ गीत, सङ्गीतको अभिभावक नेपाल तामाङ कलाकार सङ्घको संस्थापक अध्यक्ष चन्द्रकुमार दोङको ममतामयी आमा साइली तामाङ ९३ वर्षको उमेरमा निधन भएको खबरले सिङ्गो तामाङ चलचित्रकर्मी स्तब्ध भएका छौँ ।’

यस्तै नेपाल तामाङ कलाकार सङ्घले पनि दोङको आमाको निधनप्रति श्रद्धाञ्जली दिएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका