८ महिनामा १२ सय ३३ जनाले  बनाए  राहदानी, राष्ट्रिय परिचयपत्र बनाउनेकाे संख्या १५ हजार नाघ्यो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने सम्वाददाता
168 Shares
रसुवा

जिल्ला प्रशासन कार्यालय रसुवामा चालू आर्थिक वर्ष २०८०/०८१ काे ८ महिनामा १२ सय ३३ जनाले राहदानी लिएका छन् । त्यस्तै हालसम्ममा १५ हजार ८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालका अनुसार राहदानी बनाएर ८ महिनामा ७० लाख ४३ हजार १ सय रूपैयाँ राजश्व संकलन भएकाे छ । त्यस्तै राष्ट्रिय परिचयपत्र संशोधन बापत २ लाख ५० हजार, संघसंस्था दर्ता नविकरण नयाँ पुरानो संस्था दर्ता बापत ५० हजार १ सय रूपैयाँ राजश्व संकलन भएको बताए ।
`जिल्ला प्रशासन कार्यालय अर्ध न्यायिक निकाय पनि हाे´, प्र.जि.अ. खनालले भने, `नागरिकहरूलाई छिटाे छरिताे सेवा दिने उदेश्यले कार्यालयमा दर्ता भएकाे मुद्वाहरूमा अनुसन्धान सकेर फछ्र्यौट गर्ने क्रमलाइ पनि तिव्रता दिएकाे छ ।´

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार जम्मा मुद्वाकाे संख्या ४५ रहेकाे जनाएको छ । फैसला भएकाे २६ वटा, बाकि मुद्वा १८ वटा रहेका छन । यस आ.व.मा अभद्र व्यवहार मुद्वाकाे दर्ता र फैसला संख्या ३ रहेकाे छ । गत आर्थिक वर्षवाट ल्याईएका दर्ता भएकाे मुद्वा ४२ मघ्ये २४ वटा फैसला भैसकेको छ । आ. ब. मै मुद्वा दर्ता भई बिचाराधिनमा रहेकाे १८ वटा रहेका छन । यसै घटनाहरूकाे मुद्वा बापत धराैटि  १५ हजार रहेकाे छ । विगतका मुद्वा किनारा पश्चात् धराैटि राजश्वमा भर्खरै सदर स्याहा गरिएको रकम १० लाख ३६ हजार ९ सय रहेकाे छ ।

यसैगरी राहत स्वरूप विपदमा तत्कालै ३० हजार २ परिवार दिईएकाे र द्वन्द पिडित लाई १५ हजार रूपैयाँ प्रदान गरिएकाे कार्यालयले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र कार्यालयबाट संकलन गरिएकाे र जिल्लाबाट खटिएका टाेलिबाट १५ हजार ८० जना रहेका छन।

नागरिकता परित्याग गर्नेकाे संख्या ४ जना रहेका छन । गैर आवासिय नागरिकता लिने २ जना रहेका छन ।प्रतिलिपि नागरिकता १७ सय ८ जनाले लिए । बंशजकाे आधारमा नयाँ नेपाली  नागरिकता लिनेकाे संख्या ७ सय   ५८ जना  रहेका छन ।

प्रजिअ खनाल भन्छन,`नागरिकताकाे केशमा नयाँ भन्दा बढि प्रतिलिपी नागरिकता लिने काे संख्या बढि छ ।साथै संध संस्था दर्ता त गर्छन तर नविकरण नगर्ने प्रविधि  रहेकाे छ ।संध संस्था नयाँ र पुरानो गरेर ५ सय १४ वटा छन रेकर्ड मा तर नविकरण २५ वटा मात्रै छन ।नयाँ दर्ता ४ वटा रहेका छन ।´

तपाईको प्रतिक्रिया

पत्रपत्रिका