रोशनीले दिइन् महराविरुद्ध बलात्कार प्रयासको उजुरी

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध बलात्कार प्रयास गरेको भन्दै रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीकाअनुसार शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएकी हुन्।

‘उजुरी परेसँगै पक्राउ गरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ,’ डीआईजी क्षेत्रीले भने, ‘उजुरीअनुसार अब उहाँ (महरा)लाई पक्राउ गरी कानूनी प्रकृयामा जाञ्छौँ ।’

रोशनी शाहीले गत आइतबार बेलुकी महराले कोठामा आइ बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोमबार एक मिडियामा भिडियोसहित उनका बारेमा समाचार आयो । लगातार अन्य मिडियाबाट पनि समाचार आउन लागे । त्यसको १२ घण्टा नबित्दै शाहीले आफूमाथि महराले कुनै प्रकारको दुर्व्यवहार नगरेको समाचार र भिडियो सार्वजनिक गरिन् । यसै घटनाले गर्दा महाराले सभामुख पदबाट राजीनामा पनि दिएका छन् । यो आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका