पत्रकार रजनी तामाङ स्याङ्बो सम्मानित भएकी छिन् । खोज मिडियाकी रजनीलाई स्वतन्त्र पत्रकार संघले सम्मान गरिएको हो । पत्रकार रजनीलाई संघको स्थापना दिवस, साधारणसभाका साथै छैटौं अधिवेशनका क्रममा बिहीबार सम्मान गरेका हुन् ।
स्वतन्त्र पत्रकार संघद्वारा पत्रकार महिलाको प्रोत्साहनका लागि सञ्चालित पत्रकार महिला सम्मानबाट यसवर्ष पत्रकार तामाङ सम्मानित भएकी थिइन् । उनलाई संघले १० हजार नगदसहिद सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका हुन् ।
को हुन् सम्मानित रजनी तामाङ ?
कास्की, माछापुच्छ्रे गाउँपालिका-९,की रजनी पिता जुतबहादुर तामाङ र आमा फिस्टी तामाङको कोखबाट जन्मिएकी हुन् । उनी तामाङ परिवारकी कान्छी छोरी हुन् । रजनीको तीन दाजुभाइ र दुई दिदीबहिनी छन् ।
सम्मानित पत्रकार रजनी तामाङ्ले १ कक्षादेखि कक्षा १२ सम्म श्री गौरीशकंर मनिलाल उच्च माध्यमिक विद्यालयमा अध्यन गरेकी हुन् । उनी २०६६ सालमा एसएलसी दिएलगातै जागीरे बनेकी थिइन् । रजनीले १६ वर्षकै उमेरमा गाउँकै सैंतीखोला लघुजलविधुत आयोजनाको म्यानेजरमा दुई वर्ष काम गरिन् ।
त्यसैगरी पत्रकार रजनी पोखराका प्राईम सहकारीमा बजार प्रतिनिधित्व गर्दै अफिसरसम्म २ वर्षको जागिरपछि मार्गदर्शन एकेडेमी नर्सिङ होस्लटमा एकाउन्टिन बनिन् । उनी हाल खोज अनलाइन मिडियामा आबद्ध छिन् । निरन्तर पत्रकारिता क्षेत्रमा रहेकी रजनीसँग सानै उमेरदेखि विभिन्न सेक्टरमा काम गरेको अनुभव छ ।
सम्मानित पत्रकार रजनी तामाङ पछिल्लो समय भिडियोग्राफी, फोटोग्राफी र समाचार वाचिकासमेत गर्छिन् । उनी स्वतन्त्र पत्रकार सघं कास्की शाखाको छैटौं अधिवेशनबाट सचिवमा चयन भएकी छन् । रजनी सचिव रहकी कास्की शाखाको अध्यक्ष भने कृष्ण रानाभाट हुन् ।
थप यो पनि