स्व. योगिता मोक्तान प्रतिभा पुरस्कारबाट गायिका लोप्चन पुरस्कृत

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
काठमाडौं‌

योगिता मोक्तान प्रतिभा पुरस्कार २०८० बाट गायिका जितु लोप्चन पुरस्कृत भएकी छन् ।

सोमबार स्व. योगिता मोक्तानको १३ औँ स्मृति सभा एवं योगिता मोक्तान प्रतिभा पुरस्कार २०८० को पुरस्कार गायिका लोप्चनलाई पुरस्कार प्रदान गरेकी हुन् । सङ्घले २० हजार राशिसहित सम्मान पत्र प्रदान गरेको छ ।

तामाङ कलाकार सङ्घद्वारा आयोजित पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पर्यटन नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पुरस्कृत भएपछि गायिका लोप्चनले भनिन्,‘मलाई आज धेरै खुसी लागेको छ र तामाङ सेलो सङ्गीतमा लागेर मैले केही गर्न सकेछु भन्ने गर्व र अझै केही गर्नु पर्छ भन्ने उत्साह लागेको छ ।’

उनले यो पुरस्कार र अग्रजको यो अर्शिवादले मलाई थप जिम्मेवार बनाएको बताएकी छन् । ‘यसलाई म सधैँ प्रोत्साहन को हिसाबले मनन गरिरहनेछु’, उनले भनिन् ।

विद्यार्थीकालदेखि नै गीत गाउने गरेकी लोप्चनले धेरै गायन प्रतियोगिताहरूमा भाग लिएकी छन् । तर आधिकारिक आफ्नै गीत रेकर्ड चाहिँ तामाङ चलचित्र ‘सेमल नाङसाल’ को ‘चौबन्दी चोली’ बोलको गीत पहिलो रेकर्ड गरेकी हुन् ।

लोप्चनको नक्कली छामे, च्यान्ना फुर्ती लगायतका दर्जनौँ गीतहरू सर्वाधिक चर्चामा छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका