धितो पत्र ब्रोकर्श एसोसिएसन नेपालकाे सदस्यमा गिरी निर्वाचित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
काठमाडौं‌

काठमाडौँ । धितो पत्र ब्रोकर्श एसोसिएसन नेपाल (डिब्यान) प्रथम वार्षिक साधारण सभाबाट ४ वर्षका लागि कार्यसमिति सदस्य अधिवक्ता विष्णु गिरी निर्वाचित भएका छन् ।
सोमबार काठमाडौँमा भएको साधारण सभाबाट अधिवक्ता गिरी सहित १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । अर्थ सवाल साप्ताहिकका कानुनी सल्लाहकार तथा इन्दिरा सेकुरिटिज प्रा.लिका सञ्चालक रहेका गिरी पछिल्लो समय कानुन व्यवसायको क्षेत्रमा परिचित नाम हो । धितो पत्र ब्रोकर्श एसोसिएसन नेपालको प्रथम साधारण सभाको उद्घाटन नेपाल धितो पत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले गरेका थिए ।
नेप्सेका कार्यकारी प्रमुख कृष्ण बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
प्रथम साधारण सभाबाट अध्यक्षमा सागर ढकाल वरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाधर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिवमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल सदस्यमा अधिवक्ता विष्णु गिरी लगायत आठ जना सदस्य निर्वाचित भएका हुन् ।
अधिवक्ता गिरीले अनलाइन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता विधेयक सरकारले राष्ट्रपतिले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता जस्ता जनसरोकारका मुद्दामा सफलता हासिल गरिसकेका छन् । मेलमिलाप कर्ता समेत रहेका गिरी पछिल्लो समय कानुन सम्बन्धी विभिन्न सङ्घ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रूपमा तालिम समेत दिँदै आएका छन् ।

निर्वाचित सदस्य गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । गिरी अर्थ सवाल मिडिया प्रा.लि र अर्थ सवाल साप्ताहिकका कानुनी सल्लाहकार हुन गिरीले पत्रकार महासङ्घको विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेर काम गरेको अनुभव पनि छ । धितो पत्र ब्रोकर्श एसोसिएसन नेपालका नबनिर्बाचित सदस्य विष्णु गिरीले, कोरिया जापान थाइल्यान्ड कम्बोडिया, बङ्गलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् । सदस्य गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, विशेष नागरिक सम्मान २०७९ लगायतका दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । उनी नेपाली उपभोक्ता संरक्षण महासङ्घका केन्द्रीय सदस्य समेत हुन् ।

तपाईको प्रतिक्रिया