एमाले दाेलखाले ११ जना  मनाेनित सदस्य थपियो, कुन पालिकाबाट को ?

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
दोलखा,चरिकोट

नेकपा एमाले दोलखा जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । बुधवार बसेको बैठकले ११ जना सदस्यलाई जिल्ला कमिटीमा मनोनीत गरेको छ ।

मनोनीत हुनेहरू प्रत्येक गाउँपालिकाबाट गरिएको अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । बैठकले कालिन्चोक गाउँपालिकाबाट गणेश शिवाकोटी,गौरीशङ्कर गाउँपालिकाबाट जङ्गबहादुर गुरुङ, बैतेश्वर गाउँपालिकाबाट माधवप्रसाद घिमिरे, तामाकोशी गाउँपालिकाबाट धिरज सुवेदी, मेलुङ गाउँपालिकाबाट दानबहादुर तामाङ, शैलुङ गाउँपालिका बाट थिरबहादुर तामाङ, भीमेश्वर नगरपालिकाबाट मुरारीराज शिवाकोटी, विक्रम खड्का, जिरी नगरपालिकाबाट केशवकुमार कार्की, विगु गाउँपालिकाबाट शारदा राणा र मेलुङ गाउँपालिकाबाट इश्वर कोइरालालाई मनोनीत गरेका हुन् ।

त्यसैगरी बैठकले पालिकास्तरीय र वडास्तरीय इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका