क्रोएसिया एनआरएनएद्वारा संचालित राहदानी नवीकरण अभियान जारी

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
2.3k Shares
जाग्रेब, क्रोएसिया
तस्विर: फाइल

गैर आवासीय नेपाली संघ(एनआरएनए)क्रोएसियाले राहदानी(पासपोर्ट)नवीकरणका लागि अभियान संचालन गरेर कागजात संकलन गरिरहेको छ । संघले आफ्ना फेसबूक पेजमा सूचना निकालेर राहदानी नवीकरणका लागि कागजात संकलन गरिरहेको हो ।

नयाँ वर्कपर्मिट(काम गर्न लिने इज्जतपत्र)लिनबाट बन्चित  भएको भन्ने गुनासाहरु आएका कारण अष्ट्रीयामा रहेका नेपाली दूतावासलाई क्रोएसियामा घुम्ती सेवा संचालन गर्न अनुरोध गर्न लागेको एनआरएनएको भनाइ छ । एनआरएनएले क्रोएसियामा कार्यरत नेपालीलाई अष्ट्रीयाको भियानामा रहेका दूतावासले हेरिरहेकाले घुम्ती सेवा संचालनका लागि अनुरोध गर्न लागेका हुन् ।

एनआरएनएले झन्डै एक हप्ता अगाडिदेखिनै पासपोर्ट नवीकरणका लागि अभियान चलाएको वरिष्ठ उपाध्यक्ष सुनिल बमले बताए । उनका अनुसार क्रोएसियामा कार्यरत नेपालीहरु अष्ट्रीयामा रहेका दूतावाससम्म धाउन नपरोस् भनेर एनआरएनएले अभियान चलाएका हुन् । एनआरएनएले दूतावाससँग समन्वय र सहजीकरण गरि १५ महिनाभन्दा कम म्याद भएका, हराएका, वा अन्य कारण काम नलाग्ने भएका राहदानीलाई नवीकरण गर्न सहयोग अभियान चलाएको उपाध्यक्ष बमको भनाइ छ ।

त्यसैगरी हालसम्म ३५० भन्दा धेरै जनाले राहदानी नवीकरणका लागि एनआरएनए क्रोएसियाको ईमेल (nrna.croatia@outlook.com) र व्हाट्सप नम्बर (WhatsApps no: +385 992000 471) मा कागजात प्राप्त भइसकेको अध्यक्ष साइमान लामाले बताए । उनका अनुसार चाँडैनै राहदानी नवीकरणका लागी संचालित अभियानबाट संकलित कागजात दूतावास भियानालाई बुझाउने छन् । माथि भनिएको सम्पर्कमा कागजात पठाउन नसके एनआरएनए क्रोएसियाका पदाधिकारीहरुसँग सम्पर्क गर्न अध्यक्ष लामाले आग्रह गरे ।

राहदानी नवीकरण गर्न सक्कल नागरिकता हुनुपर्ने एनआरएनए क्रोएसियाका सह-कोषाध्यक्ष रबिना थिङ बताउछिन् । उनका अनुसार राहदानी हराएको हकमा भने जारी भएको जिल्लाबाट अभिलेख ल्याउनुपर्ने छन् ।

यसअघि एनआरएनए क्रोएसियाले दूतावास भियानासँग सहजीकरण गरि राहदानी नवीकरणका लागी तीनपटक घुम्ती सेवा संचालन गरिसकेका छन् । उक्त घुम्ती सेवाबाट ८ सय जनाभन्दा धेरै राहदानी नवीकरण गरेको थियो ।

पछिल्लोपटक युरोपको जर्मनी र रोमानिया बाहेक अन्य देशसँग श्रम सम्झौता भएको छैन । श्रम मन्त्रालयले भने श्रम सम्झौताका लागी सबै तयार भइसकेको बताउदै आएको छ । हाल १७८ भन्दा धेरै देशमा नेपालीहरु रोजगारी लागि पुगेको समाचारहरु प्रकाशित छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
5
+1
1

तपाईको प्रतिक्रिया