काठमाडौं-ठुलोस्याफ्रु टाटा सुमो संचालनमा, पर्यटकलाई सहज

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
553 Shares
धुन्चे, रसुवा

जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलो स्याफ्रुमा चैत २ गतेदेखि टाटा सुमो सञ्चालनमा आएको छ ।

मिनिगोसाईकुण्ड यातायात प्रालिले काठमाडौँदेखि ठुलो स्याफ्रु र ठुलोस्याफ्रुदेखि काठमाडौँसम्म दैनिक रूपमा चल्ने भाडाको गाडी सञ्चालनमा ल्याएको हो ।

सुमोको भाडा दर १३ सय ५० रुपैयाँ तोकिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरू बढाउन मदत मिल्ने र स्थानीय जनतालाई सरल र सहज होस भन्ने हेतुले यातायात सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष टेम्पा नुर्पु तामाङले बताए ।

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङमार तामाङले पर्यटकीय स्थलको रुट भएकाले ठुलो स्याफ्रु स्थानीयहरूलाई एकदमै सुविधा होस भन्नका लागि विकास निर्माणको एक हिस्सा सडक भएकाले सडकको निर्माण स्तरोन्नति गरी यातायात सञ्चालन गरेको यसले निरन्तरता पाउने साधुराम खडकाले जानकारी दिए ।

गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रमा यातायातको खाँचो थियो । आज पूरा भएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने जानकारी दिए।

दूर दराजका बस्तीहरूमा सडक सञ्जाल र यातायातको सुविधा हुन गर्वको कुरा रहेको ठुलो स्याफ्रुका होटेल व्यवसायी ग्याल्साङ तामाङले बताए ।

यातायातमा ठुलो बस नभए पनि सानो टाटा सुमो ९ जना अटने चल्दा हाम्रो होटेल व्यवसाय चल्ने होटेल व्यवसायीहरू तेम्पा सोनाम तामाङ, बाबु लामा, छोवाङ नाम्ग्याल तामाङ, दमै सिङ्गी तामाङ आफूहरू धेरै खुसी रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका