आमाछोदिङमोलाई क्यानभासमा उतार्दै ललित कलाका कलाकार

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
140 Shares
धुन्चे, रसुवा

जिल्लाको आमाछोदिङमो गाउँपालिकाभित्र रहेका विभिन्न पर्यटकीय, धार्मिक ऐतिहासिक सांस्कृतिक क्षेत्रहरूमा प्रत्यक्ष अध्ययन अवलोकन गरी ललित कलाका कलाकारहरूले क्यानभासमा उतारेका छन् ।

चित्रकलाको माध्यमबाट विश्वसामु चिनाउन र यहाँको स्थानीय पर्यटन प्रवर्द्धनका निमित्त गाउँपालिकाले यो कार्यक्रम गर्न लागेको अध्यक्ष बुचुङ तामाङले जानकारी दिए ।

नेपालभरबाट २५ जना र रसुवाका ५ जना गरी ३० जना कलाकारहरू चैत ९ गते गत्लाङ पुग्नेछन् । १० गते पार्वतिकुण्ड क्षेत्रमा ११ गते गत्लाङ क्षेत्रमा र १२ गते गोल्जुङ गाउँमा पुगेर समापन हुनेछ ।

ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागका प्रमुख प्राज्ञ संन्जय बान्तवाका अनुसार चित्रकारहरूले तयार पारेको चित्रहरूको प्रर्दशनी नेपाल ललितकला प्रतिष्ठानको सभा हल काठमाडौँमा १ हप्ता प्रदर्शन समेत गरिने छ ।

आमाछोदिङमो गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा हुने भएको हो ।

धार्मिक आस्थाले भरिपूर्ण पार्वतीकुण्ड कालोगाउँले विश्व प्रसिद्ध गत्लाङ गाउँ, तामाङ सांस्कृतिक र परम्पराको गोल्जुङ गाउँ, चिलिमे गाउँ, पर्यटकीय क्षेत्रलाई चित्रको माध्यमबाट प्रचारप्रसार गरी लाखौँको सङ्ख्यामा पर्यटन भित्र्याउने लक्ष्य रहेको बेत्रावती रसुवाका चित्रकार शशी डङ्गोलले बताए ।

आमाछोदिङमो गाउँपालिका भित्र विभिन्न र अदृश्य रूपमा सयौँको सङ्ख्या मा पर्यटकीय लगायत धार्मिक स्थलहरू रहेका छन् ।ती सबैको प्रचारप्रसार मा तीव्रता दिएर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गाउँपालिका बनाउन लागेको उपप्रमुख चण्डिका तामाङले बताइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका