मन्त्री तामाङलाई बधाई तथा सम्मान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं‌

नेपाल तामाङ घेदुङद्वारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई बधाई तथा सम्मान गरेको छ ।

आइतबार एक आयोजित कार्यक्रममा मन्त्री तामाङलाई पूर्व राजदूत एवं घेदुङका सल्लाहकार डा गणेश योञ्जनले सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले सांस्कृतिक, धार्मिक पर्यटनमा टेवा पुर्‍याउने नेपालका ऐतिहासिक सम्पदा वि सं २०७२ को भूकम्पले ध्वस्त पारेकोले ती सम्पदाको पुनर्निर्माणमा ध्यान दिने बताए । उनले भने, ‘आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रसहित बृहत् क्षेत्रको प्रवर्द्धन, उत्थानमा काम गर्नुपर्ने तर बजेट एकदमै न्यून भएको हो ।’ मन्त्री तामाङले धर्म, संस्कृतिको प्रवर्द्धनसँगै, पर्यटन प्रवर्द्धनका लागि दलगत विचार भन्दा माथि उठेर एकजुट हुन आग्रह गरे ।

पूर्व राजदूत गणेश योञ्जनले नेपालीको धार्मिक, सांस्कृतिक, भाषिक विविधतालाई सम्बोधन हुने योजना, कार्यक्रमलाई प्राथमिकतामा राखेर धार्मिक र सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र समुदायसँग सहकार्य गर्न सुझाव दिए ।

पूर्वपर्यटन राज्यमन्त्री परशुराम तामाङले विविधतापूर्ण नेपाली संस्कृति आफैँमा धनी रहेको बताउँदै संस्कृति मन्त्रालयले तिनै धार्मिक, सांस्कृतिक सम्पदाको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए ।

तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले मन्त्री तामाङ घेदुङको सल्लाहकार समेत रहेकोले घेदुङको सांस्कृतिक साझा घर बनाउने पहलका लागि सरकारको नीतिभित्र रहेर सहयोग गर्नुहुने अपेक्षा व्यक्त गरे । मन्त्री तामाङलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष गोलेले मन्त्रालयको जिम्मेवारी अवसर र चुनौती दुवै भए पनि तारतम्य मिलाउन सकेमा सफल बन्नेमा विश्वास व्यक्त गरे ।

माओवादी केन्द्र, एमाले, रास्वपा, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि फागुन २१ गते मन्त्रीमा नियुक्त भएको हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका