लाङटाङमा लागेको आगो नियन्त्रण बाहिर

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
469 Shares
धुन्चे, रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ४ लाङटाङ क्षेत्रमा पर्ने बम्वु क्षेत्रमा पर्ने जङ्गलमा १० दिनदेखि आगो लागि हुँदा अझै नियन्त्रण हुन सकेको छैन ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने उक्त वन १० दिन भन्दा बढी भइसकेको र नेपाली सेनाले आगो निभाउने प्रयास गरे पनि  भौगोलिकता ले गर्दा आगो नियन्त्रण गर्न सकेको छैन । डढेलो पूर्ण रूपमा नियन्त्रण भई नसकेकोले पदयात्रिहरूलाइ सुरक्षित रहन आग्रह गरिएको छ ।

आगो लागेको सूचना पाउने बित्तिकै नेपाली सेना विष्णु दल गण र निकुञ्जका कर्मचारीहरूको टोलीले निरन्तर प्रयास गरिरहे को बताइएको छ । भिरालो र भिर भएकाले पनि डढेलो नियन्त्रणमा कठिन भएको निकुञ्जका कर्मचारी हरूले बताए ।

वसन्त ऋतुको आगमनसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूले भरिभराउ हुने लाङटाङमा आगोलागि भएका कारण जोगिएर हिड्न  र स्थानीयहरू समेत लाई सूचना गरेको बम्बुका स्थानीय पर्यटन व्यवसायी  डोल्मा तामाङले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका