रसुवाका सबै स्वास्थ्य चौकीमा अनलाइन सेवा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
77 Shares
धुन्चे, रसुवा

रसुवाको ग्रामीण भेगहरूमा नियमित स्वास्थ्य सेवा सुविधाका लागि ५ वटै गाउँपालिकाको स्वास्थ्य चौकीहरूमा अनलाइन सेवा सञ्चालनमा ल्याइने भएको छ ।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख भिमसागर गुरागाईँका अनुसार जिल्लाभरकै स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मीलाई निर्देशन दिइसकेको जानकारी दिए । अस्पतालले दिइरहेको सुविधाहरूलार्इ अझै व्यवस्थित बनाउँदै लान अनलाइन सेवा पनि दिन लागेको हो ।

जिल्ला अस्पताल धुन्चेमा बिरामी आइसकेपछि सकभर बिरामीलाई जिल्ला बाहिर रिफर गर्न नपरोस् र व्यवस्थित रूपमा जनताको सेवा गर्न पाईयोस र गाउँका बिरामीहरूलाई छिटो अस्पताल पुगी छिट्टै उपचार पाउन भन्नका लागि एम्बुलेन्सको व्यवस्था समेत रहेको छ । इमर्जेन्सी र (­सघन उपचार कक्ष) व्यवस्थापन, अन्तरङ्ग कक्षको शैप्या विस्तार, नयाँमा रूपान्तरण शल्यक्रिया कक्षको निर्माण का पूर्वाधार समेत तयार भएको जिल्ला अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमितकुमार शाहले जानकारी दिए ।

यस्तै आमाछोदिङमो गाउँपालिका स्वास्थ्य शाखा प्रमुख निमानुर्पु तामाङका अनुसार यस स्वास्थ्य शाखामा उपचार गर्न आउने सेवाग्राहीको अभिलेख कम्प्युटरमा राखेर प्रमाणका लागि प्रिन्ट दिने गरिएको बताइएको छ । हाकुको पाङसिङ, ग्र गाउँ, ठुलो हाकुको स्वास्थ्य चौकी, गत्लाङ, थाम्बुचेत, गोल्जुङ स्वास्थ्य इकाई केन्द्रहरूमा कम्प्युटर मार्फत अनलाइन सेवा सुरु भइसकेको बताइएको छ ।

अनलाइन सेवा सुरु गरेपछि ग्रामीण भेगका आम मानिसहरूलाई सरल र सहज हुने विश्वास लिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । जिल्ला अस्पताल धुन्चेमा भने गत वर्षदेखि अनलाइन सेवा सुरु गरेको छ । चाडै नै जिल्ला भरि नै स्वास्थ्य चौकीहरूमा लागु गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख गुरागाईँले बताए । यस्तो गर्दा आवश्यक परेको खण्डमा खोज्न सहज हुने कुन रोगको उपचार भो थाहा पाइने कुन अ‍ौषधि प्रयोग भएको छ थाहा पाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका