बोधी श्रवण धर्म सङ्घद्वारा खाली खुट्टा पैदल यात्रा, धर्मगुरु एक दिन जेलमुक्त हुने विश्वास (भिडियो/फोटो)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
सिन्धुली
तस्विर/भिडियो : छेडुप लामा

बोधी श्रवण धर्म सङ्घले सिन्धुलीमा सप्ताव्यापीरुपमा १९ औँ विश्व शान्ति महा मैत्री शान्ति पदयात्रा तथा बोधी मार्ग दर्शन प्रार्थना आयोजना गरिएको छ ।

मङ्गलवार सिन्धुलीमा खाली खुट्टा पैदल पदयात्रा गर्दै सङ्घले १९ बोधि मार्ग १९ वर्ष पुगेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरिएको हो ।

शान्ति पदयात्रामा ३१ देशका बोधि मार्गमा रहेका अनुयायीहरू सहभागी रहेको सङ्घका संस्थापक एवं पूर्व मन्त्री मणि लामाले जानकारी दिए ।

उनले भने,‘गुरु (रामबहादुर बमजन) जसरी एक दिन छुटिन्छ । तर राज्यले विना कसुर आरोप लगाएको छ ।’

यो शान्ति कुनै राज्यको दबाब प्रभाव पार्नका लागि नभई विश्वमा शान्ति फैलियोस् भनेर गरिएको उनले बताए ।

यो देशव्यापी हुँदै विश्वव्यापी हुँदै जाने छ । समय परिवर्तन भएको छ । एक भाषा, धर्म र संस्कृतिलाई गोलबद्ध गराएर विश्वको अशान्ति द्वन्द्वका कारण समाप्त पार्नका लागि मैत्री धर्मको प्रारम्भ भएको सङ्घले बताएका छन् ।

सङ्घले धर्मगुरु रामबहादुर बमजन काठमाडौँको हात्तीगौंडाबाट प्रहरीले पक्राउ थियो । हाल उनी अनुसन्धानमा प्रहरीको छन् । उनलाई यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लगाएका छन् ।

लामाले गुरुलाई राष्ट्रिय सम्मान देला भन्ने सोचेको थियौँ, गुरुलाई बनी बनाऔँ आरोप लगाएर फसाएको बताए । उनले एक दिन गुरु त्यहाँबाट मुक्त हुनेछ । कानुन र धर्म विपरीत जेलमा राखेकोमा दुख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया