योगदान राष्ट्रको लागि जिल्ला शाखा दोलखाको प्रेस संयोजकमा बस्नेत र सह-संयोजकमा मगर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
217 Shares
दोलखा

योगदान राष्ट्रको लागि जिल्ला शाखा दोलखाको मङ्गलवार सदरमुकाम चरिकोटमा बैठक बसेको छ।

जिल्ला शाखा दोलखाका अध्यक्ष अम्बर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले शाखाको प्रेस संयोजकमा सञ्चारकर्मी तारादेवी बस्नेतलाई तोक्ने निर्णय गरेको छ । त्यस्तै सह-संयोजकमा कमल थापा मगरलाई तोकिएको छ ।

दोलखाको रेडियो शैलुङमा कार्यरत बस्नेत योगदान राष्ट्रको लागि जिल्ला शाखा दोलखाको कोषाध्यक्ष समेत हुन् भने मगर संस्थाको सहसचिव हो।

त्यस्तै बैठकले भोली डिभिजन वन कार्यालय दोलखाको आयोजना गर्न लागिएको वन डढेलो सम्बन्धित जनचेतनामुलक कार्यक्रममा संस्थाको तर्फबाट पनि सहभागिता जनाउने निर्णय गरिएको सचिव रमेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार संस्थाको नियमित बैठक बस्ने समेत निर्णय गरिएको छ।

२०७७ सालमा गठन भएको संस्थाले जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका