लिसङ्खुपाखर गाउँपालिका वडा न २ का जङ्गलमा लागेको आगो एक हप्तादेखि निभाउन सकिएको छैन । फागुन ३० गतेबाट लागेको आगो अहिले नियन्त्रण बाहिर गएको छ ।
लिसङ्खुपाखर वडा न २ का वडाध्यक्ष बिजय योन्जनका अनुसार सिङ्पालदेखि सुरु भएको आगो एकहप्ता हुँदा पनि निभाउन सकिएको छैन । आगो फाल्देबा, भुमेथान, ङारधिम, गृप्सा बनसम्म पुगेको छ।
`बाटो हिड्ने मानिसले चुरोट खाएर फाल्दा आगो लागेको हो´, वडाध्यक्ष योन्जनले भने, `अहिले मानवीय क्षती भएको छैन, आगो बस्तीमा पस्न लागेको छ । निभाउने प्रयास भैरहेको तर नियन्त्रण बाहिर गएको छ । ´ आगो निभाउन स्थानीय तह, जिल्लाका बिपत ब्यावस्थापन लगायतले प्रयास गरिरहेका छन् ।
गर्मी मौसम सुरु भए सङ्गै अहिले देशका विभिन्न ठाउँमा आगलागी भैरहेका छन । आगलागीले वायु प्रदुषण बढ्नका साथै विभिन्न रोगसमेत निम्त्याएका छन् । यसबाट सचेत हुन बिज्ञहरुले सुझाएका छन् ।