एसइईमा रसुवाबाट ५ सय ७१ परीक्षार्थी सहभागी हुँदै, कुन विद्यालय कुन केन्द्रमा ?

देशभर ५ लाखभन्दा बढीले परीक्षा दिइँदै

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
385 Shares
धुन्चे, रसुवा
तस्बिर: फाइल

रसुवा जिल्लाभरबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि ५ वटा परीक्षा केन्द्रमा ५ सय ७१ जना विद्यार्थीहरू सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रसुवाका अनुसार जिल्लाभरबाट २४ विद्यालयका ५ सय ७१ ले एसइईमा सहभागी हुनेछन् । नियमित तर्फबाट ५ सय ५२ जना आंशिक १९ विद्यार्थी रहेका छन् ।

चैत १५ देखि सुरु हुने एसइई २७ गते सकिनेछ ।

एसइईका लागि परीक्षा केन्द्रमा उत्तर पुस्तिका पठाउने तयारी भइसकेको छ । समन्वय इकाई प्रमुख कर्णबहादुर बुढाथोकीका अनुसार परीक्षा बिहान ८ बजे सुरु हुनेछ ।

यस वर्ष नयाँ कोर्स र परीक्षा प्रणाली अनुसार सो सङ्ख्यामा विद्यार्थी सहभागी हुन लागेका हुन् । गत वर्ष ८०० पूर्णाङ्कमा एसइई दिएका विद्यार्थीहरूले यस वर्ष ७०० पूर्णाङ्कमा दिँदै छन् । कम्तीमा सबै विषयमा ३५ अङ्क ल्याउनेले मात्रै ११ पढ्न पाउने व्यवस्था गरिएको छ ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्नेछ ।

विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिए पनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरूको परीक्षा नियमितको परीक्षा दिएकै विद्यालयमा गर्न केन्द्राध्यक्षहरुलाई नियुक्त गरिने छ । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन नियुक्त केन्द्राध्यक्ष, सुरक्षा निकाय लगायतका लागि अभिमुखीकरण कार्यक्रम पनि तय गरिसकेको जनाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेछन् । यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

समयतालिका

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका