सुदूरपश्चिमेली समाज क्रोएसियाले खुला भलिबल प्रतियोगिता गर्ने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
252 Shares
जाग्रेब, क्रोएसिया

सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाले दुईदिने खुला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । समाजले प्रतियोगिता यहि अप्रिल ६ र ७ तारीख भलिबल आयोजना गर्न लागेको हो । खेल जाग्रेब भलिबल संघको जरुनस्कास्थित (jarunska 5,zagreb) खेलमैदानमा हुनेछन् ।

नयाँ वर्ष र अन्तर्राष्ट्रिय शान्ति एवं विकासका लागि खेलकुद दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागिएको समाजले जनाएको छ । समाजका अनुसार प्रतियोगितामा प्रथम हुन टोलीलाई ७ सय ५ युरो द्वितीयलाई ४ सय ५ युरो र तृतीयलाई २ सय ५० युरो नगद पुरस्करसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको खेल प्रचलित टीटी नियमानुसार खेलाइने खेल संयोजक ललित विकले बताए । उनका अनुसार खेलमा आउने बिबादको अन्तिम निर्णायक आयोजकले गर्नेछन् । प्रतियोगिताको टाइसिट ४ अप्रिल बेलुकी ६:०० बजेपछि हिमालयन करीमा प्रकाशित गर्ने खेल संयोजक विकको भनाइ छ ।

त्यसैगरी टिम दर्ता अप्रिल ४ बेलुकी ५:०० बजे गर्ने सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाका अध्यक्ष टिकाराम शर्माले जानकारी दिए । उनका अनुसार टिम दर्ता गर्न १ सय २५ युरो लाग्नेछ । प्रतियोगितामा भाग लिन सबै खेलाडीको नाम, थर र ठेगाना स्पष्ट हुनुपर्ने अध्यक्ष शर्माको भनाइ छ ।

भलिबल प्रतियोगिताले क्रोएसियामा रहेका नेपालीहरूबिच प्रगाढ सम्बन्ध बढाउने सुदूरपश्चिमेली समाजले दाबी गरेका छन् । समाजले यसअघि गौरा पर्व मनाएको, क्रोएसियामा मृत्यु भएका मिनिसिह डडालको परिवारलाई गरेका ९ लाख ३३ हजार रुपैया संकलन गरेको र काम नपाएर बसेकाहरूलाई सहजीकरण गरिरहेका छन् ।

आयोजकका अनुसार क्रोएसियामा रहेका सबै नेपालीको सहभागी रहने गरी प्रतियोगिता सञ्चालन गर्नेछन् । यसरी औपचारिक रूपमा प्रतियोगिता हुन लागेको यो पहिलो पटक भएको प्रमुख सल्लाहकार सुनिल बमको दावी छ । प्रमुख सल्लाहकार बमका अनुसार जाग्रेबस्थित भलिबल संघले ग्राउन्ड उपलब्ध गर्नेछन् । ग्राउन्ड लगायत अन्य सहयोगका लागि प्रमुख सल्लाहकार बमले जाग्रेब भलिबल संघसँग सहकार्य गरेका हुन् ।

अस्ट्रियामा रहेका नेपाली दूतावासले हेरिरहेका क्रोएसियामा सिजन भिसा, कामदार भिसा, पारिवारिक भिसा गरी झन्डै २३ हजारभन्दा धेरै नेपालीहरू रहेको क्रोएसिया पुलिससँगै डाटा छन् । पछिल्ला वर्ष व्यक्तिगत भिसाबाट नेपाली ल्याउनेमा क्रोएसिया पहिलो नम्बरमा पर्ने गर्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया