नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका ३३ जना ज्येष्ठ नागरिकहरूले रसुवागढीको अध्ययन अवलोकन गरेका छन् ।
१० नम्बर वडा कार्यालयले वडा भित्रका कम्तीमा ५५ देखि ८० वर्ष सम्मका ३० जना ज्येष्ठ नागरिकहरू सहभागी थिए । उनीहरूले वडाका वडा अध्यक्ष, वडा सदस्य सहित तीस वर्ष सरकारी सेवा बिताएर अहिले सेवा निवृत्त भएका साहित्यकार रेसम बहादुर पाण्डे सहित ३३ जनाको टोली रसुवागढीमा पुगी त्यहाँको बस्तुस्थितिबारे जानकारी लिएका हुन् ।
पहिलेको अनुभव सुनाउँदै अहिले धेरै परिवर्तन भएको र बेत्रावतीदेखि रसुवागढीसम्म विभिन्न प्राकृतिक सौन्दर्यलाई नियाल्दै धर्म संस्कृति, निर्माणका कामहरू हेर्न पाउँदा यात्रा अर्थपूर्ण रहेको बलबहादुर थापाले बताए ।