व्यापारीमाथि गरिएको अत्यधिक जरिवानाको रसुवा उद्योग वाणिज्य सङ्घ र रसुवा चेम्बर अफ कमर्सद्वारा प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
91 Shares
धुन्चे, रसुवा

चैत ७ गते बजार अनुगमन समितिले रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चे बजारका पसलहरू अनुगमन गरेका थिए । साना तथा ठुला खुद्रा पसलहरूमा अनुगमन गर्दा म्याद नाघेका सामान विक्री वितरण गरेका व्यापारीहरूलाई ५ हजार देखि २ लाखसम्म तोकिएको थियो । अत्यधिक जरिवाना लगाएको भन्दै रसुवा उद्योग वाणिज्य सङ्घ र रसुवा चेम्बर अफ कमर्सले रसुवाका प्रमुख जिल्ला अधिकारीलाई चैत १२ गते ज्ञापन पत्र बुझाएका हुन् ।

जरिवाना रकम ७ दिनभित्र नतिरेमा पसललाई सिलबन्दी गर्ने जस्ता कुराले त्रसित भइरहेकोले प्रजिअ मार्फत सुनुवाइ होस भनी ज्ञापन पत्र बुझाइएको रसुवा चेम्बरका अध्यक्ष सञ्जीव अमान्यले जानकारी दिए ।

रसुवा जिल्लामा विभिन्न स्थानबाट पोके व्यापारीहरू तथा डिलरको नाममा विभिन्न घुमन्ते व्यापारीहरू आई म्याद ग्रुजिन खोजेको दैनिक कालिकास्थानको घुम्तिवजार, कालिकास्थान, जिवजिवेबजार, धुन्चे, स्याफ्रुवेसि, टिमुरे, चिलिमे, लगाएका अन्य विभिन्न स्थानीय बजार क्षेत्रका स्थानीयहरूलाई असहज महसुस भइरहेको अवस्थामा अनुगमनले जरिवाना लगाउँदा व्यापारीहरू त्रसित भएको रसुवा उद्योग तथा बाणिज्य सङ्घका कोषाध्यक्ष सुन्दरलाल श्रेष्ठ बताए ।

ज्ञापन पत्रमा लेखिएको छ‚ ‘जिल्लाका व्यापारीहरूले म्याद गुज्रिएको सामग्री बिक्री वितरण गरेको भनी मिडियाबाजी गरिएको र यसले जिल्लावासीहरूको प्रतिष्ठामाथि आँच पुगेको छ । अनुगमन गर्दा कुनै २/४ वटा किराना पसलहरूको म्याद सकिएको र गोदाममा फिर्ता पठाउनको निमित्त राखेको सामाग्रीहरू अनियमित तरिका अपनाई अनुगमन गर्दा पुर्‍याउनुपर्ने विधिलाई पालना नगरी दमन शैलीमा सामान जफत गरी व्यवसायहरूलाई राज्य प्रशासनले व्यापारीको मर्म नबुझी दोहोरो घाटा हुने गरी आफ्नो व्यापार व्यवसाय अनुकूल नरहेकोले पनि ज्ञापन पत्र पेस गरेको हो ।’

चैत १२ गते व्यापारीहरूको तर्फबाट गुनासो आएपछि र संशोधन गर्दै चैत ७ गतेको अनुगमनले गरेको व्यापारीमाथिको जरिवानालाई सच्याई पूर्ण विचार गरी रसुवा जिल्लालाई पोके व्यापारीहरूलाई निषेधित गर्दै अनुगमन गर्दा स्थानीय सरकार निजी संस्थाहरू तथा सरोकारवालाहरूसँग समन्वय गरी उक्त संघसंस्थाहरूको रोहवरमा नियमन गरियोस् भन्ने माग पत्रमा रहेको रसुवा उद्योग तथा वाणिज्य सङ्घका अध्यक्ष सुकसाक तामाङले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका