धनगढीका मेयरको छोरी सम्पर्कविहीन‚ खोजी दिन आग्रह

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
70 Shares
धनगढी

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् ।

नगरप्रमुख हमालले फेसबुकमार्फत जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी जानकारी गराएकी छन् ।

ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको र सोमबारदेखि बेपत्ता भएको हमालको भनाइ छ । छोरी बेपत्ता भएको बारे खबर आएको भन्दै नगरप्रमुख हमालले भनेका छन्, ‘गोवा बस्नुहुने शुभचिन्तक, दाजुभाइ र दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिनु हुन विनम्र अपिल गर्दछु ।’

तपाईको प्रतिक्रिया

पत्रपत्रिका