पर्यटन प्रवर्द्वनका लागि नयाँ प्रविधिको प्रयोगबारे अन्तरक्रिया

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
91 Shares
काठमाडौं‌

हिजो ठमेलस्थित एक जाम्पा होटेलमा तामाङ व्यवसायी, पर्यटन विज्ञ–अग्रज, प्रविधि विज्ञ र बेलायतका लागि नवनियुक्त पर्यटनबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।

तामाङ रिमठिम सञ्जालले आयोजना गरेको कार्यक्रममा अबको यो एआई (AI), डिजिटल प्लेटफर्म (platform) र प्रविधिको नवयुगमा भइरहेको पर्यटन व्यवसायलाई थप परिष्कृत बनाउँदै अवसरहरूलाई सदुपयोग गर्दै नेपाली पर्यटन व्यवसाय र व्यवसायीलाई सहयोग गर्न सकिन्छ विषयक चर्चा गरिएको थियो। विशेष गरेर सहकार्य गरेर विदेशमा र देश विदेशमा नेपाली पर्यटन बाहेकबारे कसरी प्रचार गर्न सकिन्छ र त्यसका लागि प्रविधिले के कस्ता भूमिका खेल्न सक्छ र के कस्ता साधनहरू उपलब्ध छन् र विदेशमा भई रहेको विभिन्न प्रक्रिया, साधन आदि बारे प्रविधि विज्ञ श्री सञ्जय लामाले जानकारी गराएको थियो ।

अन्तरक्रिया कार्यक्रममा तामाङ व्यवसायी र विज्ञहरूले विभिन्न वर्तमान समस्या र सम्भावनाबारे चर्चा साथै प्रविधिबारे विभिन्न जिज्ञासाहरू राख्नु भएको थियो बारे प्रविधि विज्ञ सञ्जय लामाले उत्तर दिनु भएको थियो।साथै पर्यटन विज्ञ श्री तिलक लामाले समग्र पर्यटनमा भइरहेको गतिविधि साथै तामाङ हेरिटेज ट्रेल बारे पनि जानकारी दिएको थियो।

कार्यक्रममा ब्रिटेनका लागि नेपाल सरकारका नव नवनियुक्त पर्यटन प्रवर्तक र बेलायतका काउन्सलर धनबहादुर सार्कीले आफू नेपाली पर्यटनलाई प्रवर्धन गर्नको लागि निकै उत्सुक रहेको बताए । उनले त्यसलाई सफल बनाउन आफूले पद लिएर आफूले गर्न सक्ने सबै कुरा गर्ने र नेपाल पर्यटन व्यवसायलाई सहयोग गर्नु भन्नुको मतलब समग्र नेपाललाई अर्थतन्त्रलाई सहयोग गर्ने हुनाले आफू नेपाली पर्यटनलाई साथ दिन सदैव तयार रहेको जानकारी दिए ।

उनले विशेष गरेर वैदेशिक लगानीका लागि अझै पनि केही प्रक्रियागत झन्झटहरू रहेको स्मरण गराएको थियो।

कार्यक्रममा अब तामाङ सञ्जाल सम्बन्धित सम्बन्धित रहेर कसरी आइटी र त्यसका नवीनतम प्रयोगहरू गरेर व्यवसायलाई थप विस्तार गर्न सकिन्छ भन्ने चर्चा भएको थियो।

कार्यक्रममा टानका पदाधिकारी श्री कुमार तामाङ लगायत,एनएमएका पदाधिकारी श्री राजेन्द्र लामा, जम्पा होटेलका सञ्चालक प्रकाश लामा लगायत अन्य तामाङ व्यवसायी–विज्ञहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्वका अध्यक्ष सरिता लामाज्यूले गर्नुभएका थियो। लामाले आफूहरू नेपाली पर्यटन व्यवसाय र व्यवसायी विकासको लागि सदैव लागि रहेको र त्यसका लागि सहकार्य र अवसरहरू पहिल्याउन सदैव तयार रहेको जानकारी गराउनु भएको थियो।

कार्यक्रमको समापन अब विशेष गरेर प्रविधि प्रयोग गरेर कसरी पर्यटनलाई विकास गर्न सकिन्छ त्यसको बारे थप कार्यक्रम, जानकारी आदानप्रदान र तालिम कार्यक्रमहरू गर्ने र बेलायतमा नेपाली पर्यटनलाई कसरी नेपाली पर्यटन प्रवर्धन गर्न सकिन्छ त्यसबारे सहकार्य गर्ने आदि योजनाका साथ समापन गरिएको थियो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका