सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं‌

सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले आगामी नयाँ वर्षका लागि विशेष अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८१ को अवसर सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको हो ।

चैत १९ गतेदेखि आउँदो वैशाख १८ गतेसम्मका चल्ने अफरमा सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुट पाउनका साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने मौका पाउने छन् ।

नेपाली बजारमा इलेक्ट्रिक स्कुटरको लोकप्रिय सेगवेकाइ–स्कुटरहरू विशेष अफरमा ग्राहकहरूले चयन गर्ने मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन् । विशेष गरी, ई १२५ र ई ११० एल २५ हजार रुपैयाँसम्म, ई १०० मा २० हजार रुपैयाँसम्म र एन १०० मा १५ हजार रुपैयाँसम्म विशेष नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै थप, सेगवले ग्राहकहरूलाई क्लब हिमालय नगरकोटमा १ रात २ दिनको बसाइ र स्कुटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गरिएको छ ।

उपत्यका भित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी–भक्तपुर लगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौँडा, धनगढी, इटहरी र लहानमा शोरुममा गई यस अफरको फाइदा ग्राहकले लिन सक्नेछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका