झापाको सुन्दर नगरी गौरादहमा यहि असोज १७ गतेदेखि दशैं महोत्सव सुरु भएको छ ।
गौरादहका बरिष्ठ लोकगायक सिताराम ताजपुरियाले गाएको ‘गौरादहको बजारैमा ……’ सदाबहार लोकप्रिय गीतले सबैमाझ चिनाएको गौरादह बजारमा महोत्सव सुरु भएको हो ।
महोत्सवको दोस्रो दिन गौरादह जोरघरेका घनश्याम गौतम उर्फ नक्कली प्रचण्ड र सुरेश तिमल्सिना उर्फ नक्कली ओलीको प्रस्तुति ‘भाले जुधाई’ ले महोत्सवमा अझ रौनक थपिएका थिए ।
कलाकारद्धयलाई स्थानीयबासीले स्वागत गरेका थिए ।
गौरादह उद्योग बाणिज्य संघद्धारा आयोजित महोत्सवमा थुप्रै ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति रहेका छन् ।
कलाकार गौतमले आफ्नो जन्मेको ठाउँको मायाले तानेर ल्याएको बताए । आफ्नै जन्मथलोमा प्रस्तुति दिन पाउँदा खुशी भएको समेत जानकारी दिए ।
कार्तिक २ गतेसम्म चल्ने महोत्सवमा शिव परियार, मेलिना राई, डम्बर नेपाली, श्रीकृष्ण लुईटेल, बिष्णु सापकोटा लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिए ।