उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच आज शिष्टाचार भेट भएको छ । उनीहरुबीच भेटवार्ता भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको हो। गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाई नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्न इ–गेट ९सफ्टवयर र हार्डवयर० तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा राजदुत प्रिन्जसँग छलफल गरेका छन् । उनले भोकेसनल ट्रेनिङ्मा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने बताए ।
राजदूत प्रिन्जले घनिष्ठ सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारी, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । राजदूत प्रिन्जले मन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँदै नेपालको अध्यागमन प्रशासन सुधार गर्न अत्यावश्यक देखिएको इ–गेट निर्माणमा सहकार्य गर्न तत्परता देखाएका छन् ।
गृहमन्त्री लामिछानेले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र काम गर्न मिल्ने गरी भोकेसनल तालिममा पठाउने विषयमा श्रम, शिक्षा र गृहमन्त्रालयबीच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राखे ।