ताइवानको तटीय क्षेत्रमा बुधबार बिहान ७.२ म्याग्निच्युडको भूकम्पले गएको छ । राजधानी ताइपेई सहरमा ७.२ म्याग्निच्युडको भुकम्प जादा सहरका धेरै भागहरूमा बिजुली काटेको छ ।
भुकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका टापुहरूमा सुनामीको चेतावनी दिएको छ ।
ताइवान टेलिभिजन स्टेशनहरूले भूकम्पको केन्द्रबिन्दु नजिकै पूर्वी काउन्टी ह्वालियनमा केही भत्किएका भवनहरूको फुटेज देखाएका छन् भने केही मानिसहरू फसेको बताएका छन ।
ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार बिहान ७:५८ बजे ताइवानको पूर्वी तटबाट १५.५ किलोमिटर गहिराइमा भूकम्प गएको हो। यो टापुमा २५ वर्षअघि सबैभन्दा शक्तिशाली भूकम्प थियो ।
भूकम्पको धक्का सांघाईमा महसुस गरिएको थियो । रोयटर्सका अनुसार चीनको फुजियान प्रान्तको फुझाउ, सियामेन, क्वान्झाउ र निङ्देमा पनि यो धक्का महसुस भएको जनाएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ताइपेई सहर सरकारले क्षतिको कुनै रिपोर्ट प्राप्त गरेको छैन र रेलहरूमा कुनै क्षति वा चोटपटक नपुगे बताएका छन । सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्पले करिब २४ सय मानिसको ज्यान लिएको थियो । त्यस्तै ५० हजार भवनहरू ध्वस्त र क्षति पुर्याएको थियो ।