सुनको मूल्यमा नयाँ रेकर्ड

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौँ

काठमाडौँ नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा  नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार रुपैयाँ तय भएको हो ।

यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला एक लाख ३० हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने एक लाख ३२ हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँ मा कारोबार भएको चाँदी आजका लागि भने ६५ रुपैयाँले बढेर एक हजार छ सय १० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका