संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडौं

प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग राखेको छ ।

ससंदमा महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानबिनमा जोड दिएको हो ।

‘आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्,’ उनले भने, ‘हामी त्यो कुराभन्दा दायाँबायाँ उभिनेवाला छैनौं। कसैलाई भ्रम नहोस्। कतिपयलाई भ्रम परेको छ । कांग्रेसले उठाएको यो मुद्दा टुंगिँदैछ। सत्ताको समीकरण खेलमा कांग्रेसले नयाँ चाल गर्दैछ। कुनै चाल छैन।’

तपाईको प्रतिक्रिया

पत्रपत्रिका