कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषण गर्नुभएको छ । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले सो जानकारी गराएको हो । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै उनले पदबाट राजीनामा दिएको हो ।
कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी एमालेलाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी ।माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका शर्माले राजीनामाको घोषणा गर्नुभएको हो । मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए । उनले सत्ता समीकरणमा भएको फेरबदलका कारण प्रदेशका नियमित काममा अवरोध भएको अनुभव सुनाए ।
“सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो”, उनले भने, “राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक९पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।” उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए । उनले आफूले कार्यकालभर धेरै काम गरेको उल्लेख गर्दै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए । डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उनले बताए । “कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउनेतर्फ पनि काम भएका छन्”, उनले भने, “योजना छनोटलाई वस्तुगत तथा प्रभावकारी बनाइएको छ ।”