ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

सैलु्ङअनलाइन संवाददाता
49 Shares
रसुवा

रसुवा जिल्लाको ग्रामीण अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । रसुवाको कालिका गाउँपालिका वडा नम्बर ५ जिवजिवेमा अवस्थित ग्रामीण अस्पताललाई एक कार्यक्रमबीच नेप्लिज डाक्टर एसोसिएसन युकेका अध्यक्ष डाक्टर सन्जिव नेपालीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त अस्पतालमा डेन्टल क्याम्प एण्ड कम्युनिकेबल डिजिज स्क्रिनिङ कार्यक्रमको अवसरमा सामाग्री हस्तान्तरण गरेको ग्रामीण अस्पताल जिवजिवेका जनस्वास्थ्य निरिक्षक उत्सव पौडेलले बताएका हुन् ।

अस्पतालमा पोटेबद डेन्टल एक्सरे आरभपजि विथ ल्यापटप,२० केभिए क्षमताको जेनेरेटर,एईडि लगाएतका सामाग्रीहरू उपलब्ध भएका छन् ।अस्पतालमा गुणस्तरीय सेवा प्रवाहका लागि एसोसिएसनले ती सामग्रीहरु वितरण गरेको त्यहाँका वडा अध्यक्ष सन्दिप पौडेलले बताएका छन् ।

उक्त अस्पतालबाट जिल्लाको उतरगया,नौकुण्ड र कालिका गा,पा भित्र को गरिब, अति विपन्न परिवारहरूले सहज रूपमा सेवा पाउने छन् ।
सोही कार्यकक्रमबाट दाँतको उपचारबाट १४६ जनाले सेवा लिएका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका