सुनको मूल्य तोलामा एक हजार रुपैयाले बढ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौँ

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भइ हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजार रुपैया मा कारोबार भएको छापावाला सुन आज एक हजार रुपैयाले बढेर एक लाख ३४ हजार रुपैया बराबरको मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा रु ४० ले वृद्धि भएको छ । बुधबार प्रतितोला रुपैया एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने रु एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया